काठमाडौँ । विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभाको आइतबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
कुलमान घिसिङको बर्खास्तीको विरोधमा विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् । आजको प्रतिनिधि सभा बैठकको लाइभ फिड समेत संसद सचिवालयले दिएन ।
प्रतिनिधि सभा प्रवेशमा समेत कडाइ गरिएको छ । पत्रकारको समेत नाम टिपेर मात्र मिडिया कक्षमा प्रवेश दिइएको बताइएको छ ।