२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमा तालिबान विरुद्धको ड्रोन आक्रमणमा ११ जनाको मृत्यु

अ+ अ-

पेशावर । अफगानिस्तानसँग सीमा जोडिएको उत्तरी प्रान्त खैबर पख्तुनख्वामा तालिवानविरुद्ध पाकिस्तानी सेनाले गरेको ड्रोन आक्रमणमा ११ जनाको मृत्यु भएको एक प्रहरी अधिकारीले जानकारी दिएका छन्।

अधिकारीले शुक्रबार राति पाकिस्तानी तालिबानलाई लक्षित गरी ‘तीन ड्रोन आक्रमणमा’ गरिएको बताए ।“हामीले आज बिहान मात्रै थाहा पायौँ कि पीडितमा दुई महिला र तीन बालबालिका छन् ।”

उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्तमा ‘सशस्त्र तालिवान’ विरुद्धको सुरक्षा कारबाहीका क्रममा सशस्त्र लडाकू समूहको आक्रमणमा परी सात सैनिकको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जनाएको छ ।

“एउटा घरमा लुकेर बसेका लडाकुले सुरक्षाकर्मीमाथि गोली चलाएका थिए,” स्रोतले भन्यो । घन्टौँसम्म चलेको भिडन्तमा सेनाले लडाकू हेलिकप्टर तैनाथ गरेको थियो जसमा आठ जना तालिवान लडाकू मारिएका थिए भने अन्य छ जना सैनिक घाइते भएका थिए ।

प्रहरी अधिकारी मोहसिन अलीले एएफपीलाई बताएअनुसार पृथकतावादीहरूले मोटरसाइकलमा राखेको बम विस्फोटमा परी बलुचिस्तानको दक्षिणमा एक सैनिक र एक सर्वसाधारणको मृत्यु भएको छ ।

गत महिना आतंककारीहरूले सयौँ रेल यात्रीहरूलाई बन्धक बनाएका थिए र सेवामा रहेका दर्जनौँ सैनिकहरूको हत्या गरेका थिए । चिनियाँ पूर्वाधार रहेको संवेदनशील क्षेत्र ग्वादर जिल्लामा सेनाको गाडी गुडिरहेको बेला भएको विस्फोटमा तीन सैनिक र एक सर्वसाधारण घाइते भएका छन् ।

खैबर पख्तुनख्वा र बलुचिस्तानमा सरकारविरुद्ध लडिरहेका सशस्त्र समूहले यस वर्षको सुरुदेखि गरेको आक्रमणमा परी अहिलेसम्म १९० भन्दा बढीको मृत्यु भइसकेको छ । तेहरीक-ए-तालिबान पाकिस्तान (टिटिपी) भनिने पाकिस्तानी तालिबानले मार्चको मध्यमा सुरक्षा बलविरुद्ध ‘वसन्त अभियान’ को घोषणा गरेको थियो ।

इस्लामाबादस्थित ‘सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज’का अनुसार गत वर्ष पाकिस्तानमा करिब एक दशकयताकै सबैभन्दा घातक वर्ष थियो, जहाँ आक्रमणमा परी एक हजार ६०० भन्दा बढीको मृत्यु भएको थियो । यो हिंसा अफगानिस्तानसँग जोडिएको पाकिस्तानको सीमा क्षेत्रमा मात्र सीमित छ ।

प्रतिक्रिया दिनुहोस