काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा सचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ का तत्कालीन वडा सचिव प्रभात लामिछानेसहित दुई जना विरुद्ध घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।
लामिछानेले जन्म दर्ता र अन्य कागजातमा जन्म मिति सच्याउनको लागि सेवाग्राहीसँग दुई लाख ५० हजार घुस लिएको अख्तियारको दाबी छ ।
अख्तियारका अनुसार लामिछानेले भने बमोजिमको बैंक खातामा सेवाग्राहीले घुस/रिसवत बापत रु. २ लाख ५० हजार जम्मा गरेको र उक्त रकम लिएको वडा सचिवले स्वीकारसमेत गरेका छन् ।