काठमाडौँ । गोरखामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन आएका एक किशोरको बूढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका-१ का १६ वर्षीय युनिस गुरुङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एसइई दिन सोही गाउँपालिका-४ थुमी आएका उनी बुधबार साँझ बूढीगण्डकीमा पौडी खेल्न गएका थिए ।
खोजतलासको क्रममा बगाएको स्थानदेखि करिब एक किलोमिटर तल गुरुङ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।