काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनी अहिले राष्ट्रिय योजना आयोगका सदस्य छन् ।
आयोग सदस्य नियुक्त भएसँगै उनी काजमा योजना आयोगमा काम गरिरहेका छन् ।
राष्ट्र बैंक गभर्नर आकाँक्षी श्रेष्ठले राष्ट्र बैंकबाट राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
अहिले उपप्रधानमन्त्री तथा अर्थमन्त्री संयोजकत्वको गभर्नर सिफारिस समितिले काम गरिरहेको छ ।