१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङमा तीन सय ४३ उद्योग तथा व्यवसाय बन्द

अ+ अ-

ढोरपाटन (बागलुङ) । बागलुङमा पछिल्लो साढे दुई वर्षमा तीन सय ४३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन् । बढ्दो बसाइँसराइ र युवा शक्ति विदेश पलायन हुँदै गएपछि जिल्लामा सञ्चालित उद्योग बन्द भएका हुन् । आर्थिक वर्ष २०७९-८० देखि हालसम्म चार सय ५६ उद्योग दर्ता भएका छन् ।

पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा ७१ वटा उद्योग बन्द भएका छन् । यस अवधिमा ७२ उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७९-८० मा  एक सय १७ उद्योग तथा व्यवसाय बन्द भएका छन् । जसमा उद्योगतर्फ ४४ र वाणिज्यतर्फ ७३ रहेका छन् ।

त्यस वर्ष दुई सय २८ व्यवसाय दर्ता भएका छन् । जसमा उद्योगतर्फ ९७ र वाणिज्यतर्फ एक सय ३१ रहेका छन् । कार्यालय प्रमुख थापाका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा उदक सय ५५ उद्योग व्यवसाय बन्द भएका छन् । 

उद्योगतर्फ ६७ र वाणिज्यतर्फ ८८ व्यवसाय बन्द भएको उहाँले जानकारी दिए । अघिल्लो वर्ष उद्योगतर्फ ४३ र वाणिज्यतर्फ १०४ गरी एक सय ४७ व्यवसाय दर्ता भएको थापाको भनाइ छ । चालु आर्थिक वर्षमा भने उद्योगतर्फ ३१ र वाणिज्यतर्फ ४० गरी ७१ व्यवसाय बन्द भएका छन् । यस वर्ष उद्योगतर्फ २७ र वाणिज्यतर्फ ४५ गरी ७२ व्यवसाय दर्ता भएको प्रमुख थापाले बताए । 

व्यवसाय गरेको छोटो समयमै बन्द गराउनेको सङ्ख्या बढी रहेको उनको भनाइ छ । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले कोभिड-१९ पछि आर्थिक गतिविधि साँघुरिँदै जाँदा त्यसको असर व्यापार व्यवसायमा परेको बताए । दुई वर्षको अवधिमा बागलुङ बजारबाट मात्रै ७० व्यवसायी पलायन भएको उनको भनाइ छ । मुलुकमा राजनीतिक अस्थिरता र राज्यको कर नीतिका कारण पनि व्यवसायी निराश भएर व्यापार व्यवसाय बन्द गर्न बाध्य भएको कँडेलले बताए ।

अध्यक्ष कँडेलले भने, “दिनदिनै बागलुङमा व्यवसाय बन्द हुँदै गएका छन्, व्यवसाय बन्द हुने पहिलो कारण त कोभिड-१९ नै हो, आर्थिक मन्दी भयो, त्यसको प्रत्यक्ष प्रभाव व्यवसायमा पर्‍यो, यहाँका धेरै व्यवसायीले सामान लिलाम गरेर विदेश गए, अब राज्यले व्यवसायीमुखी नीति र कार्यक्रम ल्याउन नसके अझै धेरै उद्योग व्यवसाय बन्द हुने देखिन्छ ।” 

प्रतिक्रिया दिनुहोस