१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेशले सुदूरलाई ४४ रनले हरायो

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४४ रनले हराएको छ। भैरहवास्थित एक्स्ट्राटेक ओभलमा टस हारेर ब्याटिङ गरेको मधेशले १०२ रन बनाएको थियो। 

१०३ को विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा ५८ रनमा अलआउट भएको हो। सुदूरका लागि हेमन्त धामीले मात्र दोहोरो अंकमा रन बनाए। उनले ३३ बलमा १ चौका र १ छक्कासहित १९ रन जोडे। अर्जुन विकले ९ रन जोडे। 

सुदूरका ५ ब्याटर खाता नै नखोली पेभेलियन फर्किदा सुदूर सस्तैमा समेटिएको हो। मधेशका लागि विशाल पटेलले सर्वाधिक ६ विकेट लिए। उनले ६ ओभरमा २ मेडनसहित १८ रन खर्चिए। प्रदिप पाश्वानले ३ विकेट लिँदा रुपेश सिंहले १ विकेट लिए।  

त्यसअघि ब्याटिङ गरेको मधेशका लागि प्रदिप पाश्वाले सर्वाधिक २३ रन बनाउँदै अविजित रहे। उनले ५२ बलमा ३ चौका प्रहार गरे। दिपेश दासले १२, पवन दासले १९ र रुपेश सिंहले १२ रन बनाए। सुदूरपश्चिमका लागि बलिङमा हेमन्त धामी र शेर मल्लले समान ४–४ विकेट लिए। नारायण जोशी र विकाश आग्रीले १–१ विकेट लिए। 

यो सुदूरको यस प्रतियोगिताको अन्तिम खेल हो। सुदूरले यस प्रतियोगितामा जम्मा ३ जित मात्रै दर्ता गर्दै प्रतियोगिता सकेको हो। मधेशले भने लिगको अन्तिम खेल बागमती प्रदेशसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस