काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदहरूको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । आयोग कार्यालयले आइतबार सूचना जारी गरी परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६९४-१६७००/०८१-८२ (खुला तथा समावेशी), नेपाल न्याय सेवा, न्याय, कानुन र सरकारी वकिल समूह, रा.प.तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा बुटवल परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको छ ।
हेर्नुहोस् सूचना :
