२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजा त्रिभुवनको आलोचना गर्दा ज्ञानेन्द्र शाहीले जनाए विरोध, इतिहास पढेर आउन रघुजी पन्तको सुझाव

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा एमाले सांसद रघुजी पन्त र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीबीच वादविवाद भएको छ ।

पन्तले विशेष समय लिएर बोल्दै गर्दा शाहीले उठेर विरोध जनाएपछि सभामुखले हस्तक्षेप गरेका थिए । आफ्नो सम्बोधनमा पन्तले इतिहास कोट्याउँदै नेपालको राजतन्त्रको नकारात्मक चित्रण गरेका थिए । पृथ्वीनारायण शाह हुँदै राजा त्रिभुवनको प्रसंगमा उनी आइसकेपछि शाहीले उठेर प्रतिवाद गरेका हुन् ।

राजा त्रिभुवन दिल्ली जाँदा विभिन्न ठाउँमा ‘रसरंग मच्चाउन थालेपछि भारतीय प्रधानमन्त्री नेहरुले नै आलोचना गरेको दाबी पन्तले गरेका थिए । उनले यस्तो बोलिरहँदा शाहीले उठेर बिना प्रमाण आधारहिन कुराहरू संसदमा नबोल्न चेतावनी दिएका थिए । पन्तले भने इतिहास पढेर आउन शाहीलाई सुझाव दिए ।
शाहीले भनेका थिए, ‘बिना आधार राजाहरूको विषयमा जथाभाबी बोल्न पाइन्छ ?’

जवाफमा पन्तले भने, ‘के बोल्न पाइन्छ मलाई थाहा छ । ‘इतिहास पढेर आउनुस् महोदय । जुम्लामा हाहु गरेर आएको जस्तो होइन । मसित बहस गर्ने भए पढेर आउनुस् ।’

सभामुख देवराज घिमिरेले पनि शाहीलाई बोल्न समय नदिएको भन्दै बस्न आग्रह गरे । शाही नबसेपछि सभामुखले केहीबेर उनलाई सम्झाउन खोजे । पन्तले आफूलाई बोल्न डिस्टर्व गरिएको भन्दै यो समयको हिसाब गर्न सभामुख समक्ष माग गरे । सभामुखले पनि उनको माग अनुसार फेरि समय थप गरिदिए ।

प्रतिक्रिया दिनुहोस