काठमाडौँ। जिल्ला प्रशासन कार्यालय बैतडीले सेवा लिन आएका सर्वसाधारणलाई सास्ती नहोस् भन्ने उद्देश्यले राति ८ बजेसम्म सेवा प्रदान गर्न थालेको छ ।
सामान्यतया बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने जिल्ला प्रशासन कार्यालय अहिले राति ८ बजेसम्म खुला हुने गरेको छ ।
नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउनेको भीड अत्याधिक भएकाले सेवाग्राहीलाई होटलमा बास बस्न सास्ती नहोस् भन्ने उद्देश्यले राति ८ बजेसम्म सेवा दिइरहेको कार्यालयका सूचना अधिकारी पवन कुमार शाहीले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउनेको भीड बढी भएकाले दुर्गम गाउँबाट गाडी बुक गरेर आएका सेवाग्राहीलाई राति ८ बजेसम्म सेवा दिइएको छ ।







