काठमाडौँ । नेपाल प्रहरीका १०७ वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)हरूको बढुवा तथा पदस्थापन गरिएको छ ।
प्रहरी महानिरीक्षकको बुधबार गरिएको निर्णयअनुसार प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उप-समूहतर्फको प्राविधिक प्रहरी नायव निरीक्षक (सई) पदबाट प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) पदमा बढुवा भएका सईको पदस्थापन गरिएको हो ।
प्रहरी वरिष्ठ नायव निरीक्षकहरूलाई प्रचलित नियमानुसार तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी पदस्थापन गरिएको हो ।














