२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालमा राजा फर्कने कुनै सम्भावना छैन, त्यो सपना नदेखे हुन्छ’ : प्रेम सुवाल

अ+ अ-

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधि सभा सांसद प्रेम सुवालले नेपालमा राजा फर्कने कुनै सम्भावना नरहेको बताएका छन् । 

चाँगुनारायण नगरपालिकाको नवौँ स्थापना दिवसको आज  उद्घाटन गर्दै उनले नेपाल मजदुर किसान पार्टी राजाको पक्षमा कहिल्यै नरहेको बताए । 

सचिव सुवालले भने “पार्टी अध्यक्षको एउटा अन्तर्वार्तालाई काटकुट गरी अतिरञ्जित गर्ने प्रयास भएको छ । नेमकिपा कहिल्यै पनि राजाको पक्षमा छैन, हिजो पनि थिए, अब पनि हुँदैन । त्यसैले भ्रम फलाएर राजाको पक्षमा जनमत ल्याउन नखोजौँ, राजसंस्था अब फर्किन्न ।” 

सत्तामा पुगेका दलहरूले जनता र देशको पक्षमा काम गर्नुपर्ने बताउँदै उनले विदेशी प्रतिक्रियावादीसँग सधैँ चनाखो रहनुपर्ने बताए । 

सांसद सुवालले चाँगुनारायण नगरपालिकाले विसं २०८२ मा आयोजना गर्न लागेको नगरकोट भ्रमण वर्ष-२०८२ मा आन्तरिक र बाह्य पर्यटकको भ्रमणसँगै यहाँका ऐतिहासिक, पुरातात्त्विक सम्पदाको संरक्षण, उत्खननलाई पनिसँगै लैजानुपर्ने बताए । 

चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले नगरपालिकाले आगामी वैशाख १ गतेदेखि वर्ष भरी मनाइने भ्रमण वर्षमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न आवश्यक योजना तथा कार्यक्रम अगाडि बढाउने बताए । उनले यहाँका सबै पर्यटकीय क्षेत्रको पहिचानलाई विश्व मानचित्रमा पुर्‍याउन भ्रमण वर्षको आयोजना गर्न लागिएको र भ्रमण वर्षले सिंगो चाँगुनारायणको समृद्धिमा फड्को मार्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा नगरपालिकाका निवर्तमान प्रमुख सोमप्रसाद मिश्र, निवर्तमान उपप्रमुख जुना बस्नेत, नेपाली काँग्रेसका प्रतिनिधि शिवहरि केसीलगायतले नगरकोट भ्रमण वर्ष चाँगुनारायण नगरवासी सबैको भएकाले आवश्यक सहयोग रहने बताए ।

कार्यक्रममा नगरपालिकाको कानुन पुस्तक सार्वजनिक गरिएको थियो भने भ्रमण वर्षका विज्ञ डा. धनश्याम खतिवडाले भ्रमण वर्षको तयारीबारे र नगरपालिकाका सामाजिक शाखा अधिकृत निला घिमिरेले नगरपालिकाको चालु आर्थिक वर्षमा भएका प्रगति विवरण प्रस्तुत गरेकी थिइन् ।