२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीले भने-एकाध मान्छेका स्वार्थको पछि देश लाग्न सक्दैन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरूको स्वार्थको पछि देश लाग्न नसक्ने बताएका छन् ।

मंगलबार कोशी प्रदेश सभालाई सम्बोधन गर्ने क्रममा उनले पछिल्लो समय व्यवस्था र संविधानका विरुद्धमा आवाज उठ्न लागेको भन्दै त्यसतर्फ आपत्ति जनाए ।

प्रधानमन्त्री ओलीले अहिलेको भन्दा राम्रो प्रणाली के हो ? भन्दै प्रश्न गरे ।

‘अहिले व्यवस्था र संविधानका विरुद्धमा पनि केही आवाज उठ्न थालेको छ । स्पष्ट के हो भने, चाहियो के त रु यो भन्दा बेटर प्रणाली कुनै छ भने ठिक छ । यो भन्दा राम्रो प्रणाली के हो रु,’ प्रधानमन्त्री ओलीले भने, ‘एकाध मान्छेका स्वार्थहरूको पछाडि देश लाग्न सक्दैन । बेटर प्रणालीका लागि संविधान र सरकार तयार छ । जनता तयार छन् ।’

त्यसका लागि शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक प्रणालीको बाटोमा सरकार रहेको जिकिर गरे ।

‘शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक प्रणाली, बाटो त्यसका लागि तयार गरेका छौँ । आजको हाम्रो तरिका त्यो हो । सामाजिक मूल्यमान्यतालाई दखल नपारी अघि बढ्ने बाटो हो । त्यो गर्छौँ । यसरी हामी राजनीतिक हिसाबले स्पष्ट छौँ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले अहिलेको प्रणाली नै नागरिक सर्वोच्चता भएको भन्दै अहिले सरकार समाजवादतर्फ उन्मुख भएको जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस