१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुनासोको सही व्यवस्थापन सुशासनको महत्त्वपूर्ण पक्ष : प्रमुख सचिव विष्ट

अ+ अ-

गण्डकी । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा आज पोखरामा आयोजित ‘हेलो सरकार पोर्टल सञ्चालन तथा हेलो सरकार गुनासो व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय गोष्ठी’मा गुनासोको सही व्यवस्थापन सुशासनको महत्त्वपूर्ण पक्ष भएकामा जोड दिइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश र जिल्ला प्रशासन कार्यालय कास्कीको सहकार्यमा सञ्चालित कार्यक्रममा वक्ताहरूले सार्वजनिक सेवा प्रवाहमा गुनासो आउनु स्वभाविक भए पनि समयमा नै त्यसको व्यवस्थापन गर्न जरुरी रहेकामा जोड दिइएको हो । 

गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टले सेवा प्रवाहका क्रममा आउने साना गुनासो पनि सम्बोधन नगर्दा त्यसले ठूलो अपजस ल्याउने बताए । सेवा प्रवाह गर्दा कर्मचारीले गुनासो नै नआउने गरी काम गर्नेतर्फ लक्षित हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले गुनासो आएमा पनि त्यसलाई प्राथमिकताका साथ सम्बोधन गर्ने गरी लाग्नुपर्ने बताए । गुनासोका नाममा उजुरीका लागि उजुरी गर्ने प्रवृत्ति भने गलत रहेको बिस्टको भनाइ थियो । 

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले  सेवा प्रवाहका क्रममा आउने गुनासालाई समयमै सम्बोधन गर्नेतर्फ लाग्नुपर्ने बताए । एउटै प्रकृतिका गुनासा ठाउँ ठाउँबाट आउने क्रमलाई व्यवस्थित गर्दै एकै ठाउँबाट आउने व्यवस्था मिलाउनु आवश्यक रहेको उनको भनाइ छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव प्रेमशरण श्रेष्ठले हेलो सरकारलाई प्रभावकारी बनाउँदै जनगुनासालाई सही ढंगबाट समाधान गर्ने लक्ष्य राखिएको बताए । गुनासो व्यवस्थापनलाई कार्यसम्पादनसँग जोड्न आवश्यक रहेको बताउँदै उनले गुनासो व्यवस्थापनमा एउटै प्रणाली प्रयोग हुनुपर्ने बताए।

कार्यक्रममा सोही कार्यालयका उपसचिव कलाकुमारी गैरे, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशका उपसचिव प्रविण ढकाललगायतले गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन भइरहेका प्रयासलगायत विषयमा धारणा राखेका थिए । 

प्रतिक्रिया दिनुहोस