काठमाडौँ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले विद्युतीय अपराध (साइबर क्राइम) को मुद्दामा सफाइ पाएका छन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको बुधबारको इजलासले अभियोग दाबी नपुग्ने भन्दै बस्नेतलाई क्लीन चिट दिएको हो ।
मिडियामा प्रकाशित समाचारको विषयलाई साइबर अपराध भन्न नमिल्ने र यसको क्षेत्राधिकार प्रेस काउन्सिल रहेको अदालतको व्याख्या रहेको छ ।