१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोल्ट्रीजन्य वस्तुको अवैध आयात रोक्न मुख्यमन्त्री सिंहको निर्देशन

अ+ अ-

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमा नाकाबाट हुने पोल्ट्रीजन्य वस्तुको अवैध आयातमा रोक लगाउन प्रदेशका सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन् । 

उनले विभिन्न नाकाबाट अवैध रूपमा भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न मधेस प्रहरी प्रमुख लालमणि आचार्य र सशस्त्र प्रहरी बल मधेस प्रदेश छिन्नमस्ता बाहिनी नम्बर नं २ मुख्यालयका प्रमुख कालीदास धौवजीलाई आज निर्देशन दिएका हुन् । 

सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको अण्डा तथा मासु उपलब्ध गराइरहेको नेपालको पोल्ट्री व्यवसाय भारतबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य वस्तुका कारण संकटग्रस्त हुन थालेको र भारतका विभिन्न प्रान्तमा देखा परेका बर्डफ्लु भित्रिने जोखिम उच्च रहेकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात नियन्त्रण गर्नुपर्ने माग राख्दै नेपाल लेयर्स कुखुरापालक संघले आज मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएको थियो । 

कुखुरापालक व्यवसायीले देशको कूल गार्हस्थ्य उत्पादनमा तीन प्रतिशत हिस्सा ओगटेको र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पाँच लाख व्यक्तिलाई रोजगार दिएको पोल्ट्री क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका लागि पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोकिनुपर्ने माग राखेका थिए । 

मुख्यमन्त्री सिंहले पोल्ट्रीजन्य पदार्थको खुला बिक्री वितरणमा साना पुँजी भएका व्यक्तिहरूको संलग्नता रहेकाले चेतनामूलक कार्यक्रमका साथ नियन्त्रण प्रयास हुनुपर्ने बताए । उनले भने, “अवैध आयात नियन्त्रण गर्न त्यसरी आयातित वस्तुको बिक्री वितरण निषेधमा जोड दिनुपर्छ । यसका लागि साना व्यापारीमा अवैध तरिकाले भित्रिएका पोल्ट्रीजन्य पदार्थबाट जनस्वास्थ्यमा पर्न सक्ने नकारात्मक असर बारे चेतना जागृत गर्नुपर्छ ।”

उनले योजनाबद्ध तरिकाले पोल्ट्रीजन्य वस्तुको अवैध आयात रोक्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिँदै त्यस्ता वस्तुको अवैध आयात हुने नाका र क्षेत्र पहिचान गरी प्रहरी परिचालन गर्नुपर्ने बताए । 

नेपालको पोल्ट्री व्यवसायमा रु. एक खर्ब ६० अर्ब लगानी रहेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस