काठमाडौँ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले नेपालको चिया निर्यातमा किसानले अनेकौँ समस्या झेल्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले इलामको विशेषता सुनाउँदै त्यहाँका किसानले भोग्नुपरेको समस्याका विषयमा गम्भीर बन्न सरकारलाई आग्रह गरे ।
‘कृषिको क्षेत्रमा धेरै सम्भावना र विशेषता बोकेको जिल्ला हो हाम्रो सुन्दर इलाम । जहाँ प्रशस्त चिया, अलैँची, छुर्पी, कुचोजस्ता वस्तुहरू उत्पादन हुन्छ । जसले नेपालको अर्थतन्त्रमा सकारात्मक भूमिका पनि खेलेका छन्,’ उनले इलामबारे सुनाए ।