काठमाडौँ । भारतको ओडिसाको भूवनेश्वरमा रहेको किट कलेजमा मृत्यु भएकी प्रकृति लम्सालको परिवारसँग गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भेट गरेका छन् ।
आज बुटवलको लम्सालको मावली घरमा उनीहरूले भेट गरेको बताइएको छ । मन्त्रीहरूले प्रकृतिका बुबा-आमासँग भेट गरेका हुन् । भेटमा उनीहरूले परिवारलाई ढाडस दिएका छन् ।
भेट बारेमा परराष्ट्र मन्त्री राणाले सामाजिक सञ्जाल एक्समा भनेकी छन्, प्रकृतिको न्यायका लागि नेपाल सरकारले हर सम्भव प्रयास गरिरहेको परिवारजनलाई जानकारी गराएका छौँ ।’







