२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अछाम पुगेर उपप्रधानमन्त्री सिंहले भने-केन्द्रीकृत एकात्मक व्यवस्था भन्दा संघीयता राम्रो 

अ+ अ-

काठमाडौँ। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले एकात्मक केन्द्रीकृत शासन व्यवस्था भन्दा संघीयता राम्रो हो भन्ने बनाउन तिनै तहको सरकारले मिलेर काम गर्नुपर्ने बताएका छन् ।

सोमबार अछामको पञ्चदेवल गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । प्रदेश र स्थानीय तहलाई प्रभावकारी बनाउन संविधानमा व्यवस्था भएअनुसार आवश्यक संघीय कानून चाँडो भन्दा चाँडो बनाउनेतर्फ सरकारको ध्यान रहेको पनि उनले बताए।

‘आवश्यक संघीय कानून बनाएर संविधानको अनुसूचीमा व्यवस्था भएको अधिकार तिनै तहको सरकारलाई दिएर जनतालाई सहज सेवा प्रवाह दिएर केन्द्रीकृत एकात्मक शासन व्यवस्था भन्दा संघीयता राम्रो हो भन्ने बनाउन सरकारको ध्यान केन्द्रित छ’, उनले भने।

उपप्रधानमन्त्री सिंहले देशमा राजनीतिक स्थायित्व विना आर्थिक, सामाजिक विकास नहुने भन्दै राजनीतिक स्थिरताको जगमा आर्थिक विकास र समृद्धिका लागि नेपाली काँग्रेस र एमालेसहितका दलहरू मिलाएर गठबन्धनको सरकार बनेको बताए । उनले प्रशासकीय भवन बनेसँगै अछाम पञ्चदेवलका नागरिकका लागि सेवा प्रवाहमा सहज हुने बताए ।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले अछाम दरबारको पनि उद्घाटन गरेका छन् । शहरी विकास मन्त्रालय मातहत निर्माण भएको दरबार उद्घाटन पछि उपप्रधानमन्त्री सिंहले अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृह मन्त्रालयलाई हस्तान्तरण गरेका हुन् ।