२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपन्न दलित महिलालाई स्वरोजगार बनाउन अनुदान

अ+ अ-

कैलाली । कैलालीका दुई पालिकामा समूहका विपन्न दलित महिलालाई आयआर्जन गरी स्वरोजगार बनाउन अनुदान रकम वितरण गरिएको छ ।

दलित महिला संघ (फेडो) कैलालीले धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकाका–१० वटा समूहका २९ जना विपन्न दलित महिलालाई तीन/तीन लाखका दरले अनुदान रकम वितरण गरेको हो । नेपालमा दलित महिला र किशोरीको मानवअधिकार प्रवर्द्धन परियोजनाबाट उनीहरूलाई सो रकम अनुदान दिइएको हो । उक्त रकमबाट दलित तथा विपन्न महिलाले स्थानीय स्तरमा उद्यमशील बनी आत्मनिर्भर बन्ने कोसिस गरिरहेको दलित महिला संघका अध्यक्ष सविना सुनारले बताए ।

महिलाले सो रकम कुखुरा पालन, खुद्रा पसल, बाख्रा पालन, बङ्गुर पालनलगायत अन्य सीपमूलक व्यवसायमा लगानी गरेको उनको भनाइ छ । परियोजनाबाट व्यवसाय सञ्चालन सहयोग र ङ्याचिगम सहयोग गरी प्रतिव्यक्ति रु. १५ हजारदेखि ३५ हजारसम्म अनुदान दिइएको अध्यक्ष सुनारले जानकारी दिए ।

अनुदान रकम थोरै भए पनि विपन्न महिलाले सानो सानो उद्यम गरी आफूलाई स्वरोजगार बनाउन सहयोग पुग्ने जनाइएको छ । रकम दिनुअघि संस्थाले उनीहरूलाई उद्यमशीलता विकास तालिम, व्यावसायिक योजना निर्माणलगायतका सीप प्रदान गरेको अध्यक्ष सुनारको भनाइ छ । दुवै पालिका तथा वडा स्तरीय जनप्रतिनिधिको रोहवरमा वितरण गरिएको सो अनुदान रकम समूहको बीउ पुँजीका रूपमा रहने र बढीमा एक वर्षपछि घुम्ती कोषका रूपमा अन्य व्यवसाय गर्ने सदस्यलाई समूहले निर्णय गरी प्रदान गरिने कार्यक्रम संयोजक विनोदकुमार घिमिरेले बताए ।

जसबाट समूहको बचत कोषको प्रवर्द्धन भई समूहका प्रत्येक सदस्यलाई आर्थिक गतिविधि सञ्चालन गर्न मद्दत पुग्ने विश्वास लिइएको उनले जानकारी दिए ।