काठमाडौँ । काठमाडौँको टोखामा एक ज्यान मुद्दाका अभियुक्तलाई गोली हानेर प्रहरीले पक्राउ गरेको छ ।
लाल मोहम्मद हत्या अभियोगी गुड्डु पटेललाई पक्राउ गर्ने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको हो । हरिवन-२, सर्लाहीका मोहम्मदको २०७९ असोज ३ गते साँझ गोठाटारमा हत्या भएको थियो ।
उनी काठमाडौँको झोर, टोखामा फेला परेका थिए । भाग्न खोज्दा गोली प्रहार गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।