२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

अ+ अ-

बेलायत । बेलायती सेना प्रमुख, चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरले नेपाली सेनाको प्रशंसा गरेका छन् ।

लण्डनस्थित नेपाली दूतावासले नेपाली सेनाको २६२औँ स्थापना दिवसका अवसरमा बुधबार साँझ दूतावासमा आयोजना गरेको एक विशेष समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी भएका सेना प्रमुख रोलीले, नेपाली र बेलायती सेनाबीचको दिगो सम्बन्धप्रति प्रसन्नता व्यक्त गर्दै नेपाली सेनाले देखाएको अटल समर्पण, निष्ठा र व्यावसायिकताको मुक्तकण्ठले प्रशंसा गरेका हुन् ।

उनले भने, “नेपाली सेनाको २६२औँ स्थापना दिवसमा यो रात यहाँहरुको साथमा कार्यक्रममा सहभागी हुन पाउनु मेरा लागि खुसीको पल हो, संयुक्त राष्ट्रसंघमा उत्कृष्ट सहभागितासहित नेपाली सेनाले पुर्‍याएको योगदान साँच्चै गर्विलो छ ।”

जनरल वाकरले सो अवसरमा भविष्यमा बेलायती सेनाले नेपाली सेनालाई थप सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए । उनले बेलायतमा ब्रिगेड अफ गोर्खाजले पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत डा. चन्द्रकुमार घिमिरेले नेपाली सेनाको गौरवशाली इतिहास र दिगो विरासतको स्मरण गरे। उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धनमा नेपाली सेनाको योगदान उल्लेखनीय रहेको बताए।

उनले भने, “आपसी सहमति सहकार्य र भाइचाराको जगमा नेपाल र संयुक्त अधिराज्यबीच सम्बन्ध घनिष्ठ बनेको छ ।” राजदूत घिमिरेले नेपाली सेनाको महत्त्वपूर्ण इतिहास र बेलायती सेनासँगको लामो समयदेखिको सम्बन्ध स्मरण गर्दै बेलायत सरकारले नेपाल र नेपाली सेनालाई निरन्तर सहयोग गरेकामा प्रशंसा गरे ।

स्वागत मन्तव्यका क्रममा दूतावासका सैनिक सहचारी कर्णेल अनुप शाहले इतिहासका निर्णायक क्षणहरूमा नेपाली सेनाको अटल बलिदानको स्मरण गर्दै नेपाली सेना आफ्नो व्यावसायिक धर्ममा कटिबद्ध रहेको बताए ।

कर्णेल शाहले विश्व शान्ति स्थापना, वन्यजन्तु संरक्षण, प्राकृतिक प्रकोपहरुमा मानवीय सहायता, विकास निर्माण आदिमा नेपाली सेनाको योगदानसहितको श्रव्यदृश्य प्रस्तुत गरेका थिए ।