काठमाडौँ । सरकारले नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक जनालाई बढुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक जनालाई बढुवा गरेको हो ।
साथै सरकारले एक जना महासेनानी, दुई जना सहायक रथी र एक जना उपरथीको पदावधि थप गरेको छ ।