काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले बिहीबार नापी कार्यालय, बाराका तत्कालीन अधिकृत हाल अवकाश प्राप्त दीनानाथ मिश्रसहित आठ जना उपर घुसररिसवत लिने/दिने, सरकारी कागजात सच्याउने लगायत गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।
हेर्नुहोस् अख्तियारले दायर गरेको आरोप-पत्र :


