१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीले भने-राणाले सन्तानका लागि दरबार बनाए, प्रजातन्त्रले जनताका लागि सडक

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्खाले भोगेको हन्डरले परिवर्तन भएको बताउँदै नयाँ पुस्ताले इतिहासलाई बिर्सन नहुने बताएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन र प्रजातान्त्रिक व्यवस्थाको तुलना नै हुन नसक्ने बताए ।

जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरबार बनाएको तर प्रजातन्त्रपछि जनताका लागि सडक, पुल, कुलो, बिजुली व्यापार केन्द्र र विद्यालय बनाएको स्मरण गराए ।

उनले भने, ‘जहानियाँ शासकले सन्तानका लागि दरबार बनाए । जनताका लागि प्रजातन्त्रले सडक बनायो, पुल बनायो, कुलो बनायो, बिजुली व्यापार केन्द्र र विद्यालय बनायो ।’

उनले नागरिकको जीवन बदल्न प्रजातन्त्रमा बनेका संरचनाको राणाले सन्तानका लागि बनाएका संरचनासँग तुलना हुन नसक्ने भन्दै विवेकको तराजुमा राखेर तौलिनुपर्ने बताए ।

उनले अहिले देशमा समग्र रूपमा विकास भइरहेको बताउँदै विकासोन्मुखबाट विकासशीलतिर अघि बढेको दाबी गरे ।

बढ्दो जनआकांक्षा र चुनौतीबीच पनि लय मिलाएर संगतीपूर्ण रूपमा सरकार अघि बढेको उनको भनाइ छ ।

उनले योजनाबद्ध विकासको सुरुआत भएको बताउँदै युवा पुस्तालाई ध्यानमा राखेर स्टार्टअपद्वारा उद्यमशीलताको थालनी गरिएको बताए ।

सेवालाई पारदर्शी र जबाफदेही बनाउँदै, असमानता र भ्रष्टाचार हटाउँदै डिजिटल माध्यमबाट जनतालाई शीघ्र सेवा दिने कामको सुरु गरिएको उनले बताए ।

यसले गर्दा समग्र रूपमा जनताको जीवनमा प्रगति भएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस