२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक निर्माणका लागि बजेट पर्छ, ठेक्का लाग्छ तर काम हुँदैन : सांसद सुहाङ नेम्वाङ

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सडक निर्माणका लागि बजेट पर्ने, ठेक्का लाग्ने भए पनि कामले पूर्णता नपाएकोप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा सांसद नेम्वाङले आफ्नै निर्वाचन क्षेत्रका केही सडकमा भइरहेको कामको विवरणबारे जानकारी गराउँदै ध्यानाकर्षण गराएका हुन् ।

‘बजेट पर्छ, ठेक्का लाग्छ तर कामले पूर्णता प्राप्त गर्न सक्दैन । त्यसकारण सम्मानित सदनले सुशासन स्थापित गर्न यथाशीघ्र सम्बन्धित निकाय र ठेक्कावालहरूलाई कामलाई पूर्णता दिन पहल गरोस् भन्ने माग पनि गर्न चाहन्छु,’ सांसद नेम्वाङले भनेका छन् ।

साथै, उनले सुशासनको कमजोरीका कारण विकास निर्माणका कामले पूर्णता लिन नसकेको र जनताले कष्ट भोग्नुपरेको जिकिर गरे ।

‘यस सम्मानित सदन जसलाई म सुशासनको मन्दिरको रूपमा लिन्छु । जहाँ जनताको समस्या उठाउने गरिन्छ । छिटोभन्दा छिटो समाधान पनि गर्न खोजिन्छ । तर, बिडम्बनाको विषय के छ भने, यो सुशासनको कमजोरीको कारण विकास निर्माणको कामले पूर्णता लिन नसक्दा जनताले कष्ट भोगिराख्नुपरेको छ,’ उनले भने ।

इलामको मेची राजमार्गअन्तर्गत पर्ने दमक, चिसापानी, नेपालटार, मंगलबारे लगायत थुप्रै सडक र पुल अलपत्र अवस्थामा रहेको भन्दै उनले त्यसबारे ध्यानाकर्षण गराएका हुन् ।

‘म इलामकै सन्दर्भ जोडेर कुरा गर्न चाहन्छु । मेची राजमार्ग अन्तर्गत राजदुवालीको बाटो केचना कञ्चनजंगाको सडक दमक, चिसापानी, नेपालटार, मंगलबारे लगायत थुप्रै बाटा र पुलहरू अलपत्र अवस्थामा छन् । अझ बर्खायाममा त जनताको जीवन थप कष्टकर बन्ने अनुमान गर्न सकिन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस