काठमाडौँ। वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा. समाज गौतमले पाएका छन् । आइतबारबाट निर्देशक डा. सन्तोष पौडेलको दुई वर्ष कार्यकाल पुरा भएसँगै डा. गौतमले जिम्मेवारी प्राप्त गरेका हुन् ।
डा. पौडेल २०७९ फागुन ५ गते मा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए । डा. पौडेललाई तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले वीर अस्पतालको कार्यकारी निर्देशक नियुक्त गरेका थिए ।