काठमाडौँ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले निःशुल्क लोक सेवा पूर्व तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।
प्रतिष्ठानले बुधवार एक सूचना जारी गर्दै आदिवासी जनजातिका निम्ति निःशुल्क कक्षा सञ्चालन गर्न दरखास्त आह्वान गरेको हो ।
सूचिकृत आदिवासी जनजातिको निम्ति अप्राविधिक (प्रशासनतर्फ) नायव सुब्बा तहको भौतिक कक्षा पहिलो, दोस्रो र तेस्रो प्रशासनतर्फको निःशुल्क लोक सेवा पूर्व तयारी कक्षा सञ्चालन गर्न लागेको हो ।
प्रतिष्ठानले इटहरी, पोखरा, दाङ, धनगढी, सुर्खेतमा कक्षा सञ्चालन हुने जनाएको छ । सहभागी हुन चाहने उम्मेदवारहरूले प्रतिष्ठानको वेभसाईटमा गएर अनलाइन फाराम भर्न सक्ने छन् ।
हेर्नुहोस् सूचना :
