काठमाडौँ । सरकारले सहसचिव बाबुराम अधिकारीलाई सचिवमा बढुवा गरेको छ ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश सरकारको कायममुकायम(कामु) प्रदेश सचिव रहेका सहसचिव अधिकारीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहीवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि अधिकारीसहित मदन भुजेल र चन्द्रकला पौडेलको नाम सिफारिस गरेको थियो । जसमध्ये पहिलो नम्बरमा सिफारिस अधिकारीलाई सचिवमा बढुवा गरेको हो ।
सम्बन्धित समाचार : एक सचिवका लागि तीन सहसचिवको सिफारिस
सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत सहसचिव अधिकारीलाई केही दिनअघि मात्रै लुम्बिनी प्रदेशको कामु प्रमुख सचिव नियुक्त गर्ने निर्णय गरेको थियो ।