१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालका विकट स्थानहरूमा वित्तीय पहुँच विस्तार गर्ने सरकारको लक्ष्य पूरा : गभर्नर अधिकारी

अ+ अ-

काठमाडौँ । बैंकिङ सुविधाबाट बञ्चित मुलुकको एक मात्र गाँउपालिका बझाङको साईपालमा सोमवार एभरेष्ट बैंकको शाखा उद्घाटन गरिएको छ । योसँगै मुलुकका ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । 

दुई वर्षअघि नै ७५२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना भए पनि साईपाल गाउँपालिकामा भने हुन सकेको थिएन ।

बैंकको शाखा उद्घाटन गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हेलिकप्टरमा साईपाल पुगेका थिए ।

सोमवार बिहान साईपालको धलौनमा एभरेष्ट बैंकको शाखा उद्घाटन गर्दै गभर्नर अधिकारीले बैंकको शाखा स्थापनासँगै नेपालका विकट स्थानहरूमा वित्तीय पहुँच विस्तार गर्ने सरकारको लक्ष्य पूरा भएको बताए ।

बैंकको शाखा स्थापनाको घडीलाई ऐतिहासिक अवसरका रूपमा लिएको उनको भनाइ थियो ।

यो मेरा लागि र साईपालका जनताका लागि ऐतिहासिक अवसर हो, गभर्नर अधिकारीले भने, ‘साईपालमा बैंकको शाखा स्थापनासँगै नेपालका विकट स्थानहरूमा वित्तीय पहुँच विस्तार गर्ने सरकारको लक्ष्य पूरा भएको छ । गभर्नर अधिकारीले स्थानीय नागरिकहरूलाई खाता खोलेर बैंकमार्फत कारोबार गर्न आग्रह गरे ।

एभरेष्ट बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्यले देशकै विकट र बैकिङ सुविधाबाट बञ्चित साईपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा स्थापना गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरे ।

अध्यक्ष बैद्यले साईपालमा शाखा सञ्चालन गर्नु चुनौतीपूर्ण भए पनि त्यो चुनौती स्वीकार गर्दै एभरेष्ट बैंकले शाखा स्थापना गरेको बताए ।

प्रतिक्रिया दिनुहोस