५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनुषाको कमलामाई क्रसरमा मधेशका मुख्यमन्त्री सिंहको छापा

अ+ अ-

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले धनुषाको गणेशमान चारनाथ नगरपालिका ७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योगलाई स्टक प्रमाणीकरण नहुँदासम्म उत्पादन नओसार्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री सिंह धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीसहितलाई लिएर आज साँझ कमलामाई क्रसर उद्योग तथा कमलामाई बालुवा प्रशोधन उद्योगको निरीक्षण गरेका हुन् । नदीजन्य पदार्थको अवैध दोहन आशंकामा क्रसर उद्योगबाट तत्काल उत्पादन न ओसार्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

उनले उद्योगमा सञ्चित रहेको ढुङ्गा, गिट्टी र बालुवाको स्रोत तथा तिनको वैधता प्रमाणीकरण नहुँदासम्म ओसारपसार गरेमा कारबाही गर्ने चेतावनी समेत दिए ।सोमबार स्थानीय तहसंग छलफल र अन्य प्रमाणीकरणका विषय टुङ्गो लगाउने र त्यसपछि मात्र क्रसर सञ्चालन गर्न दिइने उनको भनाई छ ।

उनले क्रसर उद्योगको दर्ता, नवीकरण, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, ढुंगा, गिट्टी र बालुवाको परिमाणत्मक सञ्चिति, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा उल्लेखित मापदण्डअनुसारका ठाउँमा खोला खनिएको/नखनिएको, खोला खन्दाको ठाउँ र गहिराइ, परिणाम, सञ्चिति प्रमाणीकरण लगायतका विषयमा जानकारी लिएका छन् ।

कमला खोलाबाट वषौँदेखि भइरहेको नदीजन्य पदार्थको अवैध उत्खननका कारण नदी प्रणालीमा प्रतिकूल असर परेको छ । क्रसर उद्योगले जेसिभीलगायत उपकरणबाट जथाभाबी र ठूलो परिमाणमा खनिएका नदीजन्य पदार्थ स्थानीयका ट्याक्टरमार्फत क्रसर उद्योगसम्म ओसार्ने गरेका छन् ।

बालुवा प्रशोधन केन्द्रको अनुमति लिई क्रसर उद्योगहरू सञ्चालनमा छन् । अधिकांश क्रसर उद्योग मापदण्डविपरीत वन क्षेत्र, स्वास्थ्य संस्था, पुलपुलेसा, खोलानदी आदिबाट नजिक सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस