२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वरिष्ठ पत्रकार दाहाल सम्मानित

अ+ अ-

काठमाडौँ । ओखलढुंगा पत्रकार समाजले वरिष्ठ पत्रकार होमनाथ दाहाललाई सम्मान गरेको छ । पत्रकार दाहालको मैतीदेवीस्थित निवासमा आयोजित कार्यक्रममा समाजका तर्फबाट वरिष्ठ पत्रकारद्वय ध्रुवहरि अधिकारी र राजेन्द्र दाहालले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

ओखलढुंगाको मोलुङ गाउँपालिका-२, रामपुरमा जन्मेका ८३ वर्षीय दाहाल राष्ट्र पुकार साप्ताहिकका सम्पादक तथा प्रकाशकका साथै नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष हुन् । बि.स. २०५६ मा ओखलढुंगा क्षेत्र नं १ बाट सांसद पदमा निर्वाचित भएका उनीपछि कृषि तथा सहकारीमन्त्री भएका थिए ।

गोरखापत्र संस्थानका पूर्वअध्यक्ष तथा महाप्रबन्धक पत्रकार दाहालले नेपाली पत्रकारितामा विशिष्ट योगदान पुर्‍याएका वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले बताए ।

वरिष्ठ पत्रकार राजेन्द्र दाहालले पञ्चायतकालीन अवस्थामा प्रजातन्त्रका पक्षमा निडरताका साथ पत्रकारिता गरेर उनले पुर्‍याएको योगदानको चर्चा गरे । “जतिखेर पञ्चायतविरुद्ध पत्रकारले लेख्नै डराउँथे, त्यतिखेर पनि उहाँले निरन्तर प्रजातन्त्रका पक्षमा लेख्न छाड्नुभएन”, दाहालले भने, “उनले पत्रकारिताका माध्यमबाट प्रजातान्त्रिक धारको सधैँ नेतृत्व गरिरहनुभयो ।”

सम्मानित पत्रकार दाहालले आफूलाई सम्झिएर सम्मान गरेकामा संस्थाप्रति आभार प्रकट गरे । उनले विभिन्न समयमा तीन वर्षभन्दा बढी जेल जीवन बिताएका छन् । 

ओखलढुंगा पत्रकार समाजका तर्फबाट पत्रकारहरू जीवनाथ धमला, जीवराम भण्डारी, बालकुमार नेपाल, नारदमुनि गौतम, तुलसीहरि कोइरालालगायतको उपस्थिति रहेको थियो ।

समाजका अध्यक्ष चेतनाथ धमलाले ओखलढुंगामा जन्मिएर पत्रकारिता क्षेत्रमा रहेका सम्पूर्ण पत्रकारहरूलाई संगठित गर्ने उद्देश्यले संस्था स्थापना गरिएको जानकारी दिए ।