काठमाडौं । सिंहदरवारस्थित खानेपानी मन्त्रालयमा आज बिहान आगलागी भएको छ। मन्त्रालयको चौथो तल्लामा बिहान करिब ७:४५ बजे आगलागी सुरु भएको हो।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र दमकल टोली परिचालित छन्। आगलागीको कारण हालसम्म खुल्न सकेको छैन। तीन वटा कोठामा फैलिएको आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको अधिकारीहरूले प्रशासन सिँहदरवार विशेष ब्युरोलाई जानकारी दिएको छ।
खानेपानी तथा सरसफाइ मन्त्रालयसँगै सोही भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि रहेको छ। थप विवरण आउन बाँकी छ।