२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिमस्टेक टुर अपरेटर तेस्रो ‘नेटवर्क’ बैठक काठमाडौँमा

अ+ अ-

काठमाडौँ । बिमस्टेक नेटवर्क अफ टुर अपरेटर्सको तेस्रो बैठक काठमाडौँमा आयोजना गरिएको छ ।

बिहीबार र शुक्रबार काठमाडौँमा बिमस्टेक सदस्य राष्ट्र बांङ्लादेश, भुटान, भारत, म्यानमार, श्रीलंका, थाइल्यान्ड र नेपालका पर्यटन सम्बन्धित निकाय तथा निजी क्षेत्रका सरोकारवालाको भेला आयोजना गरिएको हो ।

बैठकले क्षेत्रीय पर्यटन प्रवर्द्धन र सहकार्य थप सुदृढ पार्ने लक्ष्य राखेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बैठकलाई बोर्डले सहजीकरण तथा समन्वय गरिरहेको छ ।

बैठक उद्घाटनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले नेपालका दिगो पर्यटन प्रवर्द्धन तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदा संरक्षणप्रति प्रतिबद्धता व्यक्त गर्दै बिमस्टेकले क्षेत्रीय पर्यटन सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने अवसर प्रदान गर्ने दाबी गरेका छन् ।

उनले सीमापार पर्यटन प्रवर्द्धन तथा साझा सम्पदाको अधिकतम उपयोग बिमस्टेक सदस्य राष्ट्रहरूका लागि लाभदायक हुने बताए ।

बिमस्टेकका निर्देशक सी थु आङले पर्यटनलाई क्षेत्रको प्रमुख आर्थिक क्षेत्रका रूपमा परिभाषित गर्दै, सहकार्यद्वारा यस क्षेत्रका पर्यटन सम्भावना सदुपयोग गर्न सकिने बताए ।

उनले क्षेत्रीय सहकार्यले दीर्घकालीन साझेदारी निर्माण गर्नुका साथै रोजगारी, राजस्व वृद्धिमा योगदान पुर्‍याउने र जनता–जनताबीच सम्बन्ध थप सशक्त बनाउने विश्वास व्यक्त गरे ।

त्यसैगरी पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बैठकप्रति उत्साह व्यक्त गर्दै क्षेत्रीय पर्यटन प्रवर्द्धनमा नेपालको अग्रणी भूमिका रहेको बताए ।

उनले यस बैठकलाई सहकार्य र रणनीतिक योजना विकासको प्रमुख अवसरका रूपमा चित्रण गर्दै नेपालले बिमस्टेक साझेदार राष्ट्रहरूसँग मिलेर पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

बैठकमा बिमस्टेक बौद्ध तथा क्रुज सर्किट सञ्चालन, गन्तव्य व्यवस्थापन, संयुक्त बजारीकरण, सांस्कृतिक आदान प्रदान कार्यक्रम, भिसा सहजीकरण तथा बिमस्टेक ट्राभल एन्ड टुरिजम मार्टको वार्षिक आयोजना जस्ता विषयमा विस्तृत छलफल हुने जनाइएको छ ।

सीमापार यात्रा सहज बनाउन विशेष पर्यटकीय सर्किट विकास तथा अन्वेषण गर्ने विषयलाई समेत बैठकको प्राथमिकतामा राखिएको छ ।

बैठकको निष्कर्षले सार्वजनिक-निजी साझेदारीलाई थप मजबुत बनाउँदै, पर्यटन व्यवस्थापनमा सुधार ल्याउने तथा बिमस्टेक क्षेत्रमा निर्बाध सम्पर्कलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । यसले क्षेत्रीय पर्यटन वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।