२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत गर्ने तयारी

अ+ अ-

काठमाडौँ। बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा अध्यादेश स्वीकृत गर्ने विषय कार्यसूचीमा छ ।

दुवै सभाबाट अध्यादेश स्वीकृत गराएर प्रतिस्थापन विधेयक ल्याउने सरकारको तयारी छ । तर, राष्ट्रिय सभामा अध्यादेश स्वीकृतका लागि आवश्यक संख्या सत्तारुढ दललाइ पुर्‍याउन नदिने कसरतमा विपक्षी दलहरू छन् ।

राष्ट्रिय सभामा रहेका दलहरूले बिहीबारको बैठकमा अनिवार्य उपस्थित हुनका लागि सांसदहरूलाई भनेका छन् । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस पनि अध्यादेश स्वीकृत गर्नका लागि आवश्यक संख्या पुर्‍याउन अन्य दलहरूसँग आन्तरिक छलफलमा छ ।

राष्ट्रिय सभामा काँग्रेस संसदीय दलका नेता कृष्ण सिटौला अध्यादेश अस्वीकृत भएको संसदीय इतिहास नेपालसँग नरहेको बताएका छन् ।

बिहीबार पनि राष्ट्रिय सभामा अध्यादेश स्वीकृतिका लागि प्रस्तुत हुँदा आवश्यक संख्या पुग्ने उनको विश्वास छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा सबै सांसद उपस्थित भएको खण्डमा अध्यादेश स्वीकृतिका लागि ३० जना सांसद आवश्यक पर्छ । सरकारमा रहेका दलहरूसँग काँग्रेस (१६), नेकपा एमाले (१०) र लोकतान्त्रिक समाजवादी पार्टी (१) गरेर २७ जना सांसद छन् ।

मनोनीत सांसद डा. अन्जान शाक्य नेकपा एमाले समर्थित हुन् । उनलाई जोड्दा सत्तापक्षको सांसद संख्या २८ पुग्छ । अर्का मनोनीत सांसद बामदेव गौतमले पनि अध्यादेश स्वीकृतिका लागि मत दिने सत्तारुढ दलहरूको विश्वास छ ।

जनता समाजवादी पार्टी नेपालका तीन जना सांसदले समेत मत दिनेछन् र अध्यादेश स्वीकृतिको पक्षमा ३२ जना सांसद पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस