१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा गतवर्ष भन्दा पौने ३०० प्रतिशत बढी धरौटी संकलन

अ+ अ-

काठमाडौँ। राजस्व अनुसन्धान कार्यालय बुटवलले गतवर्षभन्दा चालू आ.व. २०८१/८२ को पहिलो अर्धवार्षिकमा २१ वटा शीर्षकमा उल्लेख्य प्रगति गरेको जनाएको छ । धरौटी रकम पौने तीन सय बढी संकलन गरेर प्रगति बढाएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षको पौष मसान्तसम्ममा धरौटी संकलन रकम २ करोड २२ लाख ८० हजार १३३ रहेकोमा चालु आ.व.को सोही अवधिमा २७६.५२ प्रतिशतले वृद्धि भई ८ करोड ३५ लाख ६२ हजार ५८९ रहेको छ ।

कार्यालयले गत आर्थिक वर्षको पौष मसान्त सम्ममा २३ वटा विस्तृत अनुसन्धान सम्पन्न भएकोमा चालु आ.व.को सोही अवधिमा उजुरी संख्या ६५.२१ प्रतिशतले वृद्धि भई ३८ वटा विस्तृत अनुसन्धान सम्पन्न गरेको जनाएको छ ।

त्यसैगरी गत आ.वर्षको पौष मसान्त सम्ममा दफा १३ क (२) वमोजिम लेखी पठाउने (आ.र.का./भन्सारमा) रकम रु.७० लाख ०६ हजार २ रहेकोमा चालु आ.व.को सोही अवधिमा ११८.६४ प्रतिशत वृद्धि भई १ करोड ५३ लाख १८ हजार ०९७ रुपैयाँ रहेको उल्लेख छ ।

गत आ.व.को पौष मसान्त सम्ममा विदेशी विनिमय अपचलनतर्फ धरौटी संकलन रु. ७२ लाख १३ हजार ३६८ रुपैयाँ रहेकोमा यस आ.व.को सोही अवधिमा ८२.३४ प्रतिशत वृद्धि भई रु.१ करोड ३१ लाख २८ हजार ३६० रहेको छ ।

कार्यालयले । विदेशी विनिमय अपचलनतर्फ जिल्ला अदालतमा दायर गरिएको मुद्धा संख्यामा ५० प्रतिशतले वृद्धितर्फ पनि उस्तै प्रगति गरेको छ । गत आ।व।को पौष मसान्त सम्ममा २ वटा र यस आ.व.को सोही अवधिमा ३ वटा अदालतमा मुद्दा दायर भएका छन् ।

प्रतिक्रिया दिनुहोस