५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एआईको प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र

अ+ अ-

काठमाडौँ । यौन दुर्व्यवहारको तस्बिर बनाउन प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणविरुद्ध बेलायत सरकारले कानुनको घोषणा गरेको छ । ‘एआईको दुरुपयोग गरी बाल यौन दुर्व्यवहारको तस्बिर बनाउने’ कार्यलाई अपराध घोषणा गर्ने बेलायत विश्वकै पहिलो मुलुक बनेको छ । 

बालबालिकाको यौनिक तस्बिर बनाउनका लागि बनाइएका आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० उपकरण राख्न, सिर्जना गर्न वा वितरण गर्ने कार्यलाई सरकारले गैर कानुनी घोषणा गरेको गृहमन्त्री यवेट कपूरले बताए । उनका अनुसार मानिसहरूलाई बच्चाहरूलाई यौन दुर्व्यवहार गर्न एआई कसरी प्रयोग गर्ने भनेर सिकाउने एआई ‘पीडोफाइल म्यानुअलहरू’ राख्नु पनि अवैध हुनेछ र यसका लागि तीन वर्षसम्म जेल सजाय हुन सक्छ।

गृहमन्त्री कपूरले आइतबार स्काई न्युजसँग भने, “अनलाइन बाल यौन दुर्व्यवहार सामग्री बढ्दो छ । किशोर किशोरीहरूलाई अनलाइनमार्फत एआईको प्रयोग गरी यौनिक गतिविधि सिकाउने कार्यहरू पनि भइरहेको छ। यो वास्तवमा एक दुःखद कुरा हो । एआईले यसलाई ‘स्टेरोइड’मा राखिरहेको छ।” 

उनले भने, “एआई उपकरणहरूले अपराधीहरूलाई ‘किशोर किशोरीहरूको झूटो छवि तयार गर्न’ सजिलो बनाइरहेको छ । यसका साथै, उनीहरूले बच्चाहरूको छविहरू हेरफेर गरी किशोर किशोरीहरूलाई आकर्षित गर्न र थप दुर्व्यवहारमा फसाउन प्रयोग गरिरहेका छन्।”

“नयाँ कानुनले ‘बाल दुर्व्यवहारका लागि प्रयोग भइरहेका’ केही एआई मोडेलहरूमा प्रतिबन्ध लगाउनेछ,” कपूरले भने।  “अन्य देशहरूले अझै यो ९कानुन बनाउने काम० गरिरहेका छैनन्, तर मेरो विचारमा अरू सबैले यसलाई पछ्याउनेछन्,” उनले भने । एआई उपकरणको प्रयोग बालबालिकाको वास्तविक जीवनका तस्बिरलाई ‘नग्न’ बनाएर वा ‘अन्य बालबालिकाको अनुहारलाई विद्यमान तस्बिरमा जोडेर’ बाल यौन दुर्व्यवहारका तस्बिरहरू सिर्जना गर्न प्रयोग भइरहेको बेलायत सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस