११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी सेवामा रमाएको कटवाल परिवार, जसका तीन छोरी नै छन् शिक्षिका

अ+ अ-

संघर्षको आगोमा पोलेरै सफलता खारिन्छ । गोविन्द कटवालको जीवनयात्रा यही सत्यको साक्षी हो -जहाँ शिक्षा, संघर्ष र समर्पणले एक साधारण परिवारलाई असाधारण बनायो। आज, कटवाल परिवारको कथा केवल उनीहरूको होइन, हजारौँ नेपालीका लागि प्रेरणाको स्रोत हो ।

काठमाडौँ । तेह्रथुमको छथर गाउँपालिका–६ निवासी गोविन्द कटवालका तीन छोरी र एक छोरा छन्, जो सबै सरकारी सेवामा आबद्ध छन् । स्वयं गोविन्द पनि लामो समय सरकारी सेवामा बिताएर अवकाश लिएका व्यक्ति हुन् ।

२०५० साल भदौ १ गते शिक्षक सेवामा प्रवेश गरेका उनले २२ वर्ष सेवा गरे। २३ वर्षको उमेरमा स्थायी शिक्षक भएका उनले ४४ वर्षको उमेरमा छोराछोरीको पठनपाठनलाई प्राथमिकता दिँदै स्वेच्छिक अवकाश लिएका हुन् ।

कटवालको संघर्ष
कटवालका अनुसार जागिर खानुभन्दा अघि उनले निकै ठूलो संघर्ष गर्नुपर्‍यो। सामान्य परिवारमा जन्मिएका उनी आफ्नो बारीमा उत्पादन भएको अन्नले गुजारा गर्न हम्मेहम्मे पर्ने अवस्थाबाट गुज्रिए । अंशमा परेका १७–१८ रोपनी जग्गा भए पनि आर्थिक कठिनाइबाट जुझ्नुपरेको उनले स्मरण गरे । उनीसँग एउटा सानो घर थियो, जुन २०४८ साल वैशाख ९ गते आगलागी भएर खरानीमा परिणत भयो। आगलागीले अन्नपात सबै जलेर नष्ट भएपछि उनको जीवनमा ठूलो संकट आइलाग्यो ।

त्यस कठिन घडीमा छरछिमेकले उनलाई ठूलो साथ दिए । छरछिमेकले दिएको खाद्यान्नकै भरमा उनले परिवार पाल्न सके। उनी भन्छन्, “रेडक्रसले त्रिपाल र केही भाँडाकुँडा सहयोग दियो । छरछिमेककै साथ–सहयोगले म त्यो बेला बच्न सकेँ ।” त्रिपालमुनि नै उनले एक वर्ष बिताए । त्यसपछि २०४९ सालमा खरको टहरो बनाएर परिवारलाई घाम–पानीबाट जोगाए ।

परिवार पाल्नै कठिन भएपछि उनी साथीभाइसँग कामको खोजीमा भारततिर लागे । २०४९ साल भदौ १२ गते उनी भारतको मेघालयमा कोइला खन्न गएका थिए । घर छोडेको डेढ हप्तामै छोराको जन्म भएको खबर पाए ।

तर मेघालय पुगेपछि उनलाई मलेरियाले च्याप्यो, जसले गर्दा काम गर्न नसक्ने स्थिति आयो । केही समय कोइला बोक्ने काम गरे पनि बिरामीपनले धेरै कठिन भयो । त्यहाँ छ महिना बिताएपछि फागुन २ गते भारतकै पानीट्यांकीसम्म बस सेवा चलेको थाहा पाएर घरपरिवारको अवस्था सम्झेर फर्कने निर्णय लिए ।

धेरै संघर्ष गरेपछि अन्ततः २०५० सालमा उनको शिक्षक सेवामा नाम निस्कियो। सरकारी सेवामा प्रवेश गरेपछि जीवन केही सहज भयो । परिवारको जिम्मेवारी सम्हाल्दै पढाइलाई पनि निरन्तरता दिए, जसले गर्दा उनी आफ्नो लक्ष्यअनुसार अघि बढ्न सके। उनी भन्छन्, “जति दुःखले खारिन्छ, त्यति नै बलियो बन्छ । संघर्ष नै जीवनको मूल मन्त्र हो ।”

हाल उनी आफ्नो जग्गामा अलैँची र सुन्तला खेती गर्दै छन्। सरकारी सेवाबाट अवकाश लिएपछि खाली बस्नुको साटो केही उत्पादनमूलक काम गर्नु उपयुक्त हुने उनको धारणा छ। “किसानीबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ,” उनी भन्छन्, “परिश्रमले जीवनलाई समृद्ध बनाउँछ ।”

संघर्षपछि प्राप्त सफलता
संघर्षले खारिएका गोविन्द कटवालका लागि आजका दिनमा विगतका ती कठिन दिनहरू कुनै गाउँले लोककथाजस्तै लाग्छन् । अहिले उनका छोरा–छोरी मात्र होइन, बुहारी र ज्वाइँहरू समेत सरकारी सेवामा आबद्ध छन् । छोराछोरीको राम्रो पढाइ भएकाले जागिरको अभाव नहुने देखेर उनले समयमै आफ्नै जागिर छाडेर उनीहरूको शिक्षामा ध्यान दिएका थिए ।

छथर–६, सुदापस्थित मच्छिन्द्र माविमा उनले कक्षा ७ सम्म अध्ययन गरेका थिए भने कक्षा ८ देखि ओख्रेको भगवती माविमा पढेका थिए । उनले आफ्नो जागिरे जीवन मादेवा आधारभूत विद्यालयबाट सुरू गरेका थिए। उनका छोराछोरीले भने मच्छिन्द्र माविमै अध्ययन पूरा गरेका छन् ।

छोरा उत्तम कटवाल हाल नेपाल प्रहरीमा कार्यरत छन् । जेठी छोरी रचना कटवाल मच्छिन्द्र माविमै आधारभूत तहकी स्थायी शिक्षक हुन्, जसले नेपाली विषयमा स्नातकोत्तर गरेकी छिन् । माहिली छोरी लक्ष्मी कटवालले कक्षा ११÷१२ मा विज्ञान विषय लिएर अध्ययन गरेकी थिइन्, भने स्नातक गणित विषयमा गरिन्। हाल उनी स्नातकोत्तर अध्ययन गर्दै संघीय अनुदानको माध्यमिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत छिन् । उनी छथर गाउँपालिका–१ स्थित जनता माविमा अध्यापन गराउँछिन् ।

कान्छी छोरी इन्दिरा कटवाल हाल अंग्रेजी विषयमा स्नातकोत्तर गर्दै छिन् । तिनै बहिनीमध्ये सबैभन्दा पहिला उनले स्थायी जागिर प्राप्त गरेकी थिइन् । उनका बुबा गोविन्द कटवालले स्थायी नियुक्ति पाउनुभन्दा पहिले काम गरेको जनज्योति आधारभूत विद्यालयमै उनी शिक्षण गरिरहेकी छिन् । गोविन्द सम्झन्छन्, “मैले करिब दुई वर्षसम्म श्रमदान गरेर त्यहाँ काम गरेको थिएँ । त्यतिबेला विद्यालय मात्र एक साधारण छाप्रोमा सञ्चालन भइरहेको थियो ।”

गोविन्दका माइला ज्वाइँ बलबहादुर पौडेल एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा अधिकृत पदमा कार्यरत छन्। कान्छा ज्वाइँ कृष्ण खड्का इटहरी उपमहानगरपालिकामा सेवा गरिरहेका छन् । बुहारी सुजता खड्का नेपाल विद्युत् प्राधिकरणकी कर्मचारी हुन्। उनी मोरङको रंगेलीस्थित विद्युत् प्राधिकरणको उपशाखामा सह–लेखापालका रूपमा कार्यरत छिन् ।

गोविन्द भन्छन्, “जब छोराछोरीले एसएलसी पास गरे, मैले उनीहरूलाई विदेश जाने कि यहीँ केही गर्ने भनेर सोधेको थिएँ । उनीहरूले यहीँ बसेर केही गर्ने निर्णय गरेपछि म निकै खुसी भएको थिएँ ।” उनले भारतमा जाँदा भोगेको दुःख सम्झिँदै गर्वका साथ सुनाउँछन् ।

गोविन्द कटवाल परिवार नै संघर्षबाट सफलता प्राप्त गर्ने उत्कृष्ट उदाहरण बनेको छ। असफलता नै सफलताको सूत्र हो भन्ने भनाइलाई उनले आफ्नै जीवनले पुष्टि गरेका छन् । आफ्ना छोराछोरीको उज्ज्वल भविष्यका लागि दिनरात नभनी संघर्ष गरेका उनले आज उनीहरूलाई सरकारी सेवामा स्थापित भएको देख्दा गर्व महसुस गर्छन् ।

“जति दुःख गरेँ, छोराछोरीले त्यो दुःख बुझेका छन्। उनीहरू सही मार्गमा लागे, म यही कुरामा सन्तुष्ट छु,” उनी भन्छन् ।

आज कटवाल परिवारका सबै सदस्यहरू सरकारी सेवामा आबद्ध छन् । विशेष गरी शिक्षा सेवामा उनीहरू रमाइरहेका छन् । लामो समय सरकारी सेवा गरी गोविन्द कटवाल अहिले रिटायर भइसकेका छन् । उनका छोरीहरू आफ्नै बुवाबाट प्रेरित भएर शिक्षा क्षेत्रमा प्रवेश गरेको बताउँछन् । संघर्षले खारिएको यो परिवार अहिले मेहनतको प्रतिफल स्वरूप सुखी र सन्तुष्ट जीवन बिताइरहेको छ ।

प्राचीन युगदेखि आधुनिक युगसम्म आइपुग्न मानव सभ्यताले संघर्षको लामो यात्रा तय गरेको छ। कुनै पनि सफलता संघर्षबिना सम्भव छैन । चाहे त्यो प्राकृतिक परिवर्तन होस् वा परिस्थितिजन्य चुनौती, जीवनमा संघर्ष अपरिहार्य छ ।

कसैले कठिन परिस्थितिसँग डराएर आत्मसमर्पण गर्छन् भने कसैले त्यसैलाई अवसरका रूपमा लिएर निखारिन्छन् । समाजमा संघर्षलाई सामना गर्नेहरू नै आदर्श पात्र बन्छन्, जसरी कटवाल परिवार बनेको छ-एक प्रेरणादायी उदाहरण, जहाँ शिक्षा, परिश्रम र लगनशीलताले परिवारलाई समृद्धिको शिखरमा पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस