२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राष्ट्रिय एकतालाई मजबुद बनाउन राष्ट्रिय सेवा दल तालिम सहयोगसिद्ध’ : रक्षामन्त्री राई

अ+ अ-

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई जगेर्ना गरी राष्ट्रिय एकतालाई थप मजबुत र बलियो बनाउन राष्ट्रिय सेवा दल तालिम सहयोगसिद्ध हुने बताएका छन् ।  

महोत्तरीको बर्दिबासस्थित मध्यपूर्वी तालिम शिक्षालयमा सञ्चालित सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै उनले भविष्यमा आउन सक्ने विपद्लगायत चुनौतीको सहज रूपले सामना गर्न आ-आफ्ना तर्फबाट भूमिका खेल्न आग्रह गरे । 

तालिममार्फत युवालाई अनुशासित, नेतृत्ववान्, बफादार र राष्ट्रप्रति समर्पित देशभक्त नागरिक उत्पादन गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्त्री राईले तालिमका क्रममा हासिल सैद्धान्तिक तथा व्यावहारिक ज्ञानबाट आर्जित नेतृत्व तथा व्यक्तित्व विकासले सामाजिक उत्तरदायित्व वहन गर्ने विश्वास व्यक्त गरे । 

यसैबीच प्रधान सेनापति अशोकराज सिग्देलले नवलपरासीको हात्तिखोरस्थित मध्य तालिम शिक्षालयमा सञ्चालित तालिमको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै फरक भौगोलिक तथा सामाजिक पृष्ठभूमिका युवामा राष्ट्रियता, राष्ट्र प्रेम र राष्ट्रिय एकताको भावना जागृत गराउन तालिम फलदायी रहँदै आएको उल्लेख गरे ।

उनले तालिमका क्रममा प्राप्त ज्ञान तथा सीपलाई समाजमा स्थापित गराई समाजप्रति उत्तरदायी र उदाहरणीय युवाको पहिचान दिलाइ राख्ने हेतुले स्थापित एनसिसी अल्मुनाइ एसोसियसन नेपाललाई थप व्यवस्थित बनाउन कोसिस गरिने बताएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

दीक्षान्त कवाज समारोहमा राष्ट्रिय सेवा दलका पूर्वकार्यकारी महानिर्देशक, रथीवृन्द तथा अधिकृत, स्थानीय निकायका प्रमुख/प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख/प्रतिनिधि, प्रधानाध्यापक तथा अभिभावकलगायतको उपस्थिति रहेको थियो ।

दुई वटा तालिम शिक्षालयमा आयोजित दीक्षान्त कवाज समारोहबाट आज कूल एक हजार ८० जना क्याडेट छात्रछात्रा दीक्षित भएका नेपाली सेनाले जनाएको छ । यससँगै यसवर्ष सात हजार सात सय चार जना क्याडेट छात्रछात्राले राष्ट्रिय सेवा दलको सिनियर डिभिजन तथा जुनियर डिभिजन तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् ।  

विसं २०२२ सालमा स्थापित राष्ट्रिय सेवा दलबाट हालसम्म सिनियर डिभिजन तथा जुनियर डिभिजन गरी बयासी हजार एक सय चौरासी जनाले तालिम सम्पन्न गरेका छन् ।