२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बूढानीलकण्ठमा ‘विप्लव’ नेतृत्वको नेकपाद्वारा ‘सी व्यापार केन्द्र’ स्थापना

अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौँको बूढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ स्थापना गरेको छ ।

कृषिजन्य वस्तुको उत्पादन तथा वितरण गर्ने उद्देश्यले खोलिएको व्यापार केन्द्रको सोमवार एक कार्यक्रमबीच नेकपा महासचिव चन्द, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

व्यापार केन्द्रको उद्घाटन गर्दै नेकपा महासचिव चन्दले उक्त व्यापारिक केन्द्रले मुलुकको आर्थिक, सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले व्यापारिक केन्द्रको स्थापना कम्युनिष्ट आन्दोलनबाट प्रभावित भएर नभई वर्तमान सामाजिक अवस्था र उद्योगी व्यवसायीहरूको सुझावको आधारमा भएको पनि बताए ।

‘यसका लागि केवल हामीलाई कम्युनिष्ट आन्दोलनले मा हामीलाई प्रेरित गरेको होइन । हामी कम्युनिष्ट भएको हुनाले काम गरौँ भन्ने लागेको मात्र होइन । हाम्रो देशको अर्थतन्त्र र उद्योगी व्यवसायीहरूको सुझाव तथा गाउँघरमा देखिरहेको बाझोपन देखेर यो व्यापार केन्द्र स्थापना गरिएको हो । हामीले हाम्रा अग्रजहरूको समेत सुझावको आधारमा यो एउटा उपयुक्त माध्यम हुन सक्छ भन्ने लागेको हो,’ उनले भने

सी व्यापारिक केन्द्रमा कृषिजन्य वस्तुको उत्पादन र वितरण गरिने बताइएको छ ।