२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्री पौडेलको दाबी : गौतमबुद्ध विमानस्थलमा अब कुहिरोले पनि उडान रोक्न सक्दैन

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अब कुहिरोले पनि उडान प्रभावित गर्न नसक्ने दाबी गरेका छन् ।

शुक्रवार सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ब्रेक थ्रु गर्दै उपप्रधानमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वायर्ड (आरएनपीएआर) प्रणाली बिहीबारदेखि लागू भएको थियो । उनले उक्त प्रणालीले कम भिजिबिलिटीमा उडान गर्न सक्ने बताएका हुन् ।

‘भैरहवामा ८०० भिजिविलिटी भए पनि उडान गर्न सक्ने गरी उपकरण जडान गरिएको छ । अब हामीले कुहिरोले पनि जहाज अवतरण र उड्नका निम्ति समस्या गर्दैन । हामीले सञ्चालन गरेका र अगाडि बढाएका आयोजनाहरूका बारेमा प्रसंशा गर्न सकिन्न भने विरोध नहोस् भन्ने म आग्रह गर्न चाहन्छु,’ पौडेलले भने ।

भैहरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा सरकारले अनेक आलोचनाको सामना गर्नुपरेको समेत उनको भनाइ थियो ।

आफूहरूले नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको उल्लेख गर्दै चलाएर देखाउने दाबी गरे ।

‘समर्थनमा कसैले लेख्न सक्दैन भने विरोधमा लेख्न बन्द गरौँ । कमी कमजोरी भए औँल्याऊँ तर राम्रा कामलाई पनि नोटिसमा लिन सकौँ । हामीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनायौँ,’ उनले भने, ‘त्यो विमानस्थल निर्माण गरिरहँदा हामीले अनेक आलोचनाहरूको सामना गर्नुपर्‍यो । आज त्यो गौतमबुद्ध विमानस्थल सञ्चालनको बिन्दुमा आइपुेको छ ।’