काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश समन्वय विभागका सदस्य थपेका छन् । केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको प्रदेश समन्वय विभागमा बुधबार १० जना सदस्य मनोनीत गरिएको छ ।
मनोनीत भएका सदस्यहरूमा कास्कीका कृष्णबहादुर केसी नवलपुरकी सुमित्रा खनाल, चितवनका विजय भुसाल, नवलपरासीका राधेश्याम पाठक, सुनसरीका ब्रह्मप्रकाश रौनियार, धनुषाका मेघनाथ यादव, कैलालीका झनकराज तिमिल्सिना, कालिकोटका भीमबहादुर शाही, काभ्रेपलाञ्चोकका जीतबहादुर लामा र नवलपुरका सन्तोष कोइराला (परियार) छन् ।
काँग्रेसको विधान अनुसार विभागमा प्रमुख सहित बढीमा ५१ जना हुने व्यवस्था छ । पार्टीले हालका लागि विभागका सदस्यमा १० जना भन्दा बढी नहुने गरी मनोनीत गर्ने व्यवस्था गरेको छ ।
काँग्रेसले ५६ विभागको प्रमुख तोकेको छ । विभाग प्रमुख तोकिए पनि कतिपयमा सदस्य भने थपिएको छैन ।