११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साढे पाँच गुणा बढ्यो सोयाबिन तेल निर्यात

अ+ अ-

काठमाडौँ । सोयाबिन तेल निर्यात दुई महिनामै साढे ५ गुणाले बढेपछि चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिनामा निर्यात वृद्धि उत्साहजनक देखिएको छ ।

यो आव पहिलो चार महिना (कात्तिक मसान्त) सम्म नेपालबाट ३ अर्ब ४१ करोडको सोयाबिन तेल निर्यात भएको थियो । तर, मंसिर र पुसमा मात्रै निर्यात ५.५५ गुणाले बढेर १८ अर्ब ९१ करोड पुगेको छ।

भारतले गत सेप्टेम्बर १३ मा कच्चा तथा प्रशोधित खाने तेल आयातमा उच्च दरले भन्सार महसुल बढाएको थियो । भारतले कच्चा तेलको भन्सार २० प्रतिशतले बढाएर २७.५ प्रतिशत पुर्‍याएको थियो भने प्रशोधित तेलमा ३५.७५ प्रतिशत भन्सार लाग्ने बनाएको थियो ।

त्यसो भएपछि खासगरी दक्षिण-पूर्वी एसियाली देश मलेसिया, इन्डोनेसिया लगायतबाट पाम तथा सोयाबिन तेल आयात करिब बन्द भएको छ ।

नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादन भएको औद्योगिक वस्तु भारत निर्यात गर्दा कुनै पनि भन्सार तिर्नुपर्दैन । यो सुविधाका कारण तेस्रो मुलुकबाट कच्चा तेल आयात गरी त्यसको प्रशोधनपछि भारत निर्यात हुन थालेको छ ।

भारतले अन्य देशलाई भन्सार दर नबढाउँदा थोरै मात्रामा खाने तेल निर्यात हुँदै आएकोमा त्यसपछि भने तीव्र बढेको हो ।

सोयाबिन मात्रै होइन, यस अवधिमा सूर्यमुखी तेल निर्यात पनि उच्च दरमा बढेको छ 

प्रतिक्रिया दिनुहोस