काठमाडौँ । आयोजक भारतले खोखो विश्वकप पुरुष तर्फको पनि नेपाललाई हराउँदै उपाधि जितेको छ।
नेपालविरुद्धको फाइनलमा भारतीय पुरुष टिमले ५४-३६ ले पराजित गर्दै भारतले उपाधि जितेको हो।
भारत अपराजित रहँदै च्याम्पियन बन्यो। यसअघि महिला तर्फको उपाधि पनि भारतले नेपाललाई नै पराजित गर्दै जितेको थियो।
पुरुषतर्फ नेपाल समूह ‘ए’ को उपविजेता बन्दै क्वाटरफाइनल पुगेको थियो।
पहिलो खेलमा भारतसँग ४२-३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०-३४ ले, तेस्रो खेलमा ब्राजिललाई १३४-८ अन्तरले र चौथो खेलमा भुटानलाई ९८-८ अन्तरले हराएको थियो।
क्वाटरफाइनलमा नेपालले बांङ्लादेशलाई ६७-१८ को अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुग्दा फाइनल पुग्ने निर्णायक खेलमा इरानलाई ७२(२० ले पराजित गर्दै फाइनलमा भारतसँगको भेट पक्का गरेको थियो।