२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती कर्मचारी एकीकृत परिवहन सेवाबाट तल्लो तहका कर्मचारी लाभान्वित

अ+ अ-

काठमाडौँ । सिंहदरवार परिसरमा काम गर्ने तल्लो तहका कर्मचारीहरूको सेवामा सहजता ल्याउने उद्देश्यले सुरु गरिएको एकीकृत निजामती कर्मचारी परिवहन सेवाले धेरै कर्मचारीलाई राहत मिलाएको छ। यो सेवा उपत्यकाका विभिन्न स्थानमा ९ वटा गाडी सञ्चालन गरी दैनिक सयौँ कर्मचारीलाई सेवा दिइरहेको छ।

लोकतान्त्रिक राज्य व्यवस्थालाई सुदृढ, सबल र सुशासनमैत्री बनाउन कर्मचारीतन्त्रको महत्त्वपूर्ण भूमिका हुन्छ। कर्मचारी भनेका कानुनको अधीनमा रही राज्यको स्रोत र सेवा जनता समक्ष पुर्‍याउने तथा सरकार र नागरिकबीचको सेतुका रूपमा काम गर्ने स्थायी संयन्त्र हुन्।

नेपालका धेरैजसो मिडियाले राजनीति र उच्च तहका व्यक्तिहरूको मात्रै समाचार लेख्ने गरेको भन्ने आरोप लाग्दै आएको छ। तर सुशासनका लागि तल्लो तहदेखि उच्च तहसम्मका कर्मचारीहरूको समान भूमिका हुन्छ। पूर्व प्रशासक हरिप्रसाद पाण्डेयका अनुसार, ‘मिडियाले तल्लो तहका कर्मचारीहरूको सकारात्मक खबरलाई पनि प्राथमिकतामा राख्नुपर्छ।’ अर्का पूर्व प्रशासक रामबहादुर कोइरालाले भने, ‘तल्लो तहका कर्मचारीहरूको हौसला बढाउन सके सेवा प्रवाह अझै प्रभावकारी हुनेछ।’

गृह मन्त्रालयले सञ्चालनमा ल्याएको एकीकृत परिवहन सेवाले धेरै कर्मचारीहरूको यात्रालाई सहज बनाएको छ। चालक राजाराम कोइरालाले करिब दुई वर्षदेखि सिंहदरवारदेखि कालिमाटी, बल्खु, कीर्तिपुर र चौभारसम्मको रुटमा गाडी सञ्चालन गरिरहेका छन्। राजधानीमा तल्लो तहका कर्मचारीहरूको सेवा-सुविधा कम हुने भएकाले यो सेवा निकै महत्त्वपूर्ण बनेको छ।

चालक कोइरालाका अनुसार, गाडी सञ्चालन गर्दा नियमितता, अनुशासन र पारदर्शितामा विशेष ध्यान दिनुपर्छ। उनले गाडीको नियमित सरसफाइ र मर्मतसम्भार गरेर इन्धन खर्चसमेत बचत गर्न सकेका छन्। शनिबार र सार्वजनिक बिदाका दिनबाहेक, उनले प्रत्येक बिहान कीर्तिपुरको बी.पी. सङ्ग्रहालयमा गाडी पार्क गर्छन्। उनको गाडी अन्य गाडीको तुलनामा सधैँ सफा र व्यवस्थित देखिन्छ।

अपाङ्गता भएका कर्मचारी शंकर विष्टले अपाङ्गता भएका, बिरामी र महिला कर्मचारीहरूको सिटको छुट्टै व्यवस्था गरिएकोमा खुसी व्यक्त गरे। महिला कर्मचारी नानीमाया महर्जनले चालक राजारामको नियमितता, महिला सम्मान गर्ने बानी र अनुशासित चरित्रको प्रशंसा गरिन्।

सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका प्रमुख कार्यक्रम अधिकृत उद्धवसिंह च्वाँगढीले चालक राजारामलाई अनुशासन र सेवामा नियमितता अपनाउने उदाहरणीय कर्मचारीका रूपमा वर्णन गरे। एकीकृत परिवहन सेवाले तल्लो तहका करार सेवाका कर्मचारीहरूलाई समेत राहत मिलाएको उपसचिव नरबहादुर साउदले बताए।

यसरी, एकीकृत परिवहन सेवाले तल्लो तहका कर्मचारीहरूको यात्रा र सेवा सुविधामा सहजता ल्याएको छ। सेवा थप गुणस्तरीय र प्रभावकारी बनाउन निरन्तर अनुगमन र सुधार आवश्यक छ।

प्रतिक्रिया दिनुहोस