Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पूर्वप्रधानमन्त्री खनालको ‘क्षितिजबाट घाम’ सार्वजनिक


४ माघ २०८१, शुक्रबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको शब्दमा ‘क्षितिजबाट घाम’ शीर्षकको गीत सार्वजनिक भएको छ ।

देशभक्तिको भावनामा रचिएको उक्त गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ । उक्त भिडियोको निर्देशन वासु दुलालले गरेका छन् भने गीतमा गायिका तारा दुलाल र परेश राईले स्वर दिएका छन् । 

सामाजिक परिवर्तन, आर्थिक विकासका विषय समेटिएको गीतमा संगीत तोरेम्पा हाङ र संगीत संयोजन राजु कार्कीले गरेका छन् । बढ्दो महँगी, बेरोजगारी अन्त्य गर्न सुशासन कायम गर्नुपर्नेमा जोड दिइएको गीतमा पार्टीको दशौँ महाधिवेशनका दृश्य समावेश गरिएका छन् । उक्त म्युजिक भिडियोको रेकर्डिङ किंङ् रेकर्डिङ स्टुडियो काठमाडौँमा गरिएको हो । 

नेता खनालले समाजवादी अर्थ व्यवस्थाका लागि आवश्यक वातावरण बनाउन साहित्य सृजना गरेकाले गीतमा प्रगतिशील शब्दहरू चयन गरिएको बताए । गीत सबै दर्शक र श्रोताको निम्ति महत्त्वपूर्ण हुने बताउँदै उनले हामी सबैको बाटो समाजवाद हो भन्ने मूल उद्देश्यका साथ यो गीत रचना गरेको उल्लेख गरे । यसअघि उनका केही पुस्तक र गीत पनि प्रकाशन भएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस