२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वगभर्नर क्षेत्रीले भने-बैंकिङ प्रणालीबाट तरलता खिच्ने नीति उपयुक्त होइन

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बैंकिङ प्रणालीमा रहेको तरलतालाई राष्ट्र बैंकले खिच्ने नीति अर्थतन्त्र गतिशील बनाउने उपयुक्त नीति नभएको बताएका छन् ।

काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा पूर्व गभर्नर क्षेत्रीले राष्ट्र बैंकले ब्याजदर करिडोरमा ६ प्रतिशतभन्दा माथि अन्तर बैंकदर बनाउन नपाउने व्यवस्था गरेको समेत बताए ।

उनले त्यसलाई सहजीकरण गर्न केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता खिच्ने र बैंकहरूले ३ प्रतिशत ब्याजमा रकम लिने नीतिले अर्थतन्त्र गतिशील बनाउन नसक्ने धारणा राखे ।

उनले बैंकको खराब कर्जा बढ्दै जाँदा पछिल्लो समय उद्योगी–व्यवसायीले कर्जा पाउन नसकेको बताए । कोभिडका बेला १ प्रतिशत रहेको खराब कर्जा अहिले ६ प्रतिशत हाराहारी पुगेको बताए ।

‘पछिल्लो समय उद्योगी–व्यवसायीले कर्जा पाएनन् भन्ने छ । त्यो बैंकको खराब कर्जा बढ्दै गएको छ । कोभिडको समयमा १ प्रतिशत थियो भने अहिले ६ प्रतिशत हाराहारी पुगेको छ,’ क्षेत्रीले भने, ‘वास्तविक तथ्यांक हेर्ने हो भने १२ देखि १४ प्रतिशत पुग्छ । अहिले पत्रपत्रिकाको आधा पाना लिलामीका सूचनाले भरिन थालेका छन् । त्यसले पनि खराब कर्जा बढेको देखिन्छ । कर्जा लिएर व्यवसाय गर्दा पनि घरजग्गा बाहेक परियोजना धितोमा दिने कुरामा बैंकहरू कन्जरभेटिभ छन् ।’

उनका अनुसार धितो मूल्यांकनमा राखेर ८० प्रतिशतले गर्दा ६० प्रतिशतको कुरा आउँछ । प्रतिबद्धता अनुसार समयमा कर्जा नदिएका कारण कतिपय योजना विफल भएका छन् ।