Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काँग्रेस नेता महरद्वारा शिक्षा क्षेत्रका समस्या समाधान गर्न संसद् र सरकारको ध्यानाकर्षण


४ माघ २०८१, शुक्रबार


काठमाडौँ। नेपाली काँग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य नैनसिंह महरले शिक्षा क्षेत्रको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

कास्कीका ३५ जना शिक्षकले आज सामूहिक रूपमा राजीनामा दिएसँगै महरले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शिक्षक र शिक्षा क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताएका हुन्।

‘पुस २९ मा जारी भएको शिक्षा सम्बन्धी अध्यादेशमा शिक्षकलाई योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था लागू गरेको विरोधमा शिक्षा मन्त्रीकै गृह जिल्लाका ३५ जना शिक्षकले एकै पटक राजीनामा दिनु भएको छ। प्राकृतिक न्यायको सिद्धान्त विपरीत कानुनको निर्माण गरी अध्यादेश जारी गरिएकोमा यसको कार्यान्वयनले ६ वर्ष खाइपाई आएको तलबबाट समेत हिसाब गरी निवृत्तिभरण कोषमा दाखिला गर्नुपर्ने भएपछि आफूहरू ठूलो मर्कामा पर्ने उहाँहरूको गुनासो छ। यो सोचनीय विषय हो,’ महरले भनेका छन्।

सरकारले शिक्षक र शिक्षा क्षेत्रका समस्या समाधान गर्न विलम्ब गर्न नहुने उनको टिप्पणी छ। ‘नेपाली काँग्रेसले शिक्षा विभागमार्फत यी र यस्तै समस्याको समाधानका लागि ‘शिक्षा नीति बहस’अगाडी बढाएको छ। त्यसबाट प्राप्त सुझाव कार्यान्वयनका लागि सरकारलाई आग्रह तथा दबाब दिँदै आएको छ। शिक्षा क्षेत्र र शिक्षकका समस्या राज्यबाट समाधानका लागि संसद र सरकारको गम्भीर रूपमा ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।

आज २०७५ चैत ४ गतेपछि स्थायी भएका कास्कीका ३५ शिक्षकले अध्यादेशमा सरकारले अन्यायपूर्ण व्यवहार गरेको भन्दै राजीनामा दिएका हुन्।

राजीनामा स्वीकृत नहुँदासम्म पठनपाठन भने नरोक्ने उनीहरूको भनाइ छ। सामूहिक राजीनामा बुझेपछि कास्कीका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ आचार्यले राजीनामा–पत्र सम्बन्धित निकायमा पठाउने जानकारी दिएका छन्।

सरकारले ल्याएको केही नेपाल ऐन संशोधन अध्यादेशसहित ४ अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले पुस २९ गते जारी गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस