काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
विपक्षी दलहरूको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले राजीनामा दिनु नै उपयुक्त हुने बताए ।
उनले भने, ‘गठबन्धन गर्दा जे भनेर गरिएको थियो, ती कामहरू केही पनि अगाडि बढेका छैनन् । संविधान संशोधन प्रधानमन्त्री आफैँले ०८७ मा मात्रै हुन्छ भनेपछि त अन्य सुशासनबारे भनिएका कुरा पनि उल्टो बाटोमा हिँडिसकेपछि नैतिक रूपले सरकारले सरकारमा बसिराख्ने आधार गुमाएको छ भन्नु हामीले सरकार खोजेको अर्थ लाग्दैन । सरकारले त्यो अधिकार गुमाएको छ । नैतिकताको आधारमा सरकारले राजीनामा दिनु नै उचित हुन्छ । त्यसको अर्थ हामी सरकारमा जान हतारिएको भन्ने अर्थ लाग्दैन ।’
उनले सरकारले संसद अधिवेशन नबोलाएर विशेष अधिवेशन मात्रै नभई आवश्यक परेर सडक संघर्षमा जान सक्ने चेतावनी दिए।