Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

यी हुन अखिल क्रान्तिकारीको अध्यक्षमा दर्जन बढी आकांक्षी


१ माघ २०८१, मंगलबार


काठमाडौँ । ३२ वर्षे उमेरहद लागु भएपछि पनि नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको अध्यक्षमा दर्जन बढी आकांक्षी देखिएका छन् ।

क्रान्तिकारीको चुनाव यही १२ माघमा हुँदैछ । उम्मेदवारी मनोनयन दर्ता ५ माघका लागि तय भएको छ । मनोनयन दर्ता नजिकिएसँगै नेतृत्वका आकांक्षीहरूको दौडधुप बढेको छ ।

नेताहरूका अनुसार अध्यक्षमा पर्वतका विजयप्रकाश सापकोटा, अछामका नवीन उपाध्याय, भोजपुरका हेमन्त राई, म्याग्दीका सुदीन पौडेल, रौतहटका उपदेश यादव सिन्धुपाल्चोकका श्याम रोकाको दाबेदारी छ ।

पौडेललाई उपमहासचिव वर्षमान पुन पक्षधर, राईलाई उपमहासचिव जनार्दन शर्मा पक्षधर र यादवलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी पक्षधरले अगाडि सारेका हुन् । अध्यक्ष प्रचण्ड पक्षधरहरूबाट भने कम्तीमा चारजनाको दावेदारी छ । उपाध्याय, पौडेल, सापकोटा र रोकालगायतलाई ‘प्रचण्ड’ पक्षधरले अगाडि सारेका हुन् ।

यस अलावा क्रान्तिकारीमा अध्यक्षका आकांक्षी अरु पनि छन् । डोल्पाका योगेन्द्र बुढा, मधेश प्रदेशका विश्वमणि थापा र हाल क्रान्तिकारीको उपमहासचिव रहेकी तिर्सना हमाल पनि अध्यक्षका आकांक्षी छन् ।

रोशन थापा मगर, गोविन्द बानियाँ र सञ्जयकुमार महतो पनि क्रान्तिकारीको नेतृत्वका आकांक्षी देखिएका छन् । नेतृत्वका आकांक्षीहरूले आन्तरिक तयारी र नेताहरूसँगको संवाद दुवै बढाएका छन् ।

ममता अधिकारी, विराज थापा र रमेश आचार्य पनि नेतृत्वका आकांक्षी हुन् । तर, विधानका कारणले केही आकांक्षी उम्मेदवार नै हुन नपाउने अवस्थासमेत रहेको छ ।

नेताहरूका अनुसार विधानले पदाधिकारी लड्न एक कार्यकाल कार्यसमिति वा सचिवालय सदस्य हुनुपर्ने र अध्यक्ष लड्न एक कार्यकाल पदाधिकारी हुनुपर्ने भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस